Hamro Patra
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

टीकापुर, असार १४

कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। सोमबार पोखरीमा डुबेका उनीहरू बेहोस थिए।

मलभङ्गाकी ७ वर्षकी आश्रिया विष्ट र ६ वर्षकी भावना कुँवरको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।

इँटाभट्टा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिकाहरू डुबेपछि स्थानीयले उद्धार गरेका थिए। बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा उनीहरूको उपचार गरिएको थियो।

क्लिनिकमा उपचारका क्रममा गए राति उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update