Hamro Patra
लायन्सको संयुक्त पद हस्तान्तरण

टीकापुर, असार १७

कैलालीको टीकापुरमा रहेका तीन वटा लायन्स क्लबको संयुक्त पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ टीकापुर, लायन्स क्लब अफ टीकापुर सिटी र लायन्स क्लब अफ टीकापुर टाउनका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

जोन चेयर पर्सन पृथ्वीराज ढुंगानाले दिएको जानकारी अनुसार लायन्स क्लब अफ टीकापुरको अध्यक्षमा महेन्द्र सिंह बम, लायन्स क्लब अफ टीकापुर सिटीको अध्यक्षमा कल्पना कुमारी खड्का तथा लायन्स क्लब अफ टीकापुर टाउनको अध्यक्षमा भरत भण्डारीले पद ग्रहण गरेका छन् ।

एरिया क्लस्टर चिफ नारायण प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि डिस्टिक एडभाइजर आत्माराम अधिकारी रहेका थिए ।

कार्यक्रममा डिस्टिक डिपार्टमेन्ट चिफ भीमराम चपाई र तेजराज खनाललगायतले मन्तव्य राखेका थिए । लायन्स क्लबले देशैभर जुलाई १ तारिखका दिन पद हस्तान्तरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update