Hamro Patra
३० हजार घुससहित गाउँपालिका अधिकृत पक्राउ

टीकापुर, साउन १

कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा पक्राउ परेका छन् । गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत ३० हजार कमिशन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरले जानकारी दिएको छ।

घोडाघोडी नगरपालिका- १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update