Hamro Patra
सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि

टीकापुर, साउन ११

सुदूरपश्चिममा थप  १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सेती प्रादेशिक अस्पताल र  कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा  १४ जनामा संक्रमण भेटिएको हो। 

निर्देशनालयका अनुसार कञ्चनपुर र कैलालीको सीमा नाकामा २९८ जनाको ऐन्टिजेन  परीक्षण गर्दा ४ जना र सेतीमा २५ नमूनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण फेला परेको हो। यस्तै सेती प्रादेशिक अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update