Hamro Patra
छोराले गरे बुबाको हत्या

टीकापुुर, साउन १३

बैतडीमा बञ्चरो प्रहार गरी छोराले बुबाको हत्या गरेका छन्। प्रहरीका अनुसार शुक्रबार बिहान जिल्लाको डिलाशैनी गाउँपालिका-५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले बञ्चरो प्रहार गरी ७० वर्षीय बुवा अन्तरामको हत्या गरेका हुन्।

जोशीले बञ्चरो प्रहार गरेर बुबाको हत्या गरेकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले बताए।

छोराले बञ्चरो प्रहार गर्दा मृत्यु भएका अन्तरामको शव टाउको र शरीर अलग भएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। लोकराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update