टीकापुर, भदौ १६
टीकापुर उद्योग वाणिज्य संघको दलित सदस्यमा माया बागदास निर्विरोध निर्वाचित भएकी छन । प्रमुख निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले दलित सदस्यमा उनको मात्रै उम्मेदवारी परेको जानकारी दिए ।
निर्विरोध निर्वाचित भएकी बागदास अध्यक्ष पदका प्रत्यासी चक्रपाणी सापकोटा प्यानलबाट उम्मेदवार रहेकी थिईन । उनलाई पछि अध्यक्ष पदका अर्का प्रत्यासी तपेन्द्र स्वाँरको प्यानलले समेत उम्मेदवारका रुपमा अघि सारेको थियो ।
दुवै प्यानलबाट एकल नाम सिफारिस भएपछि बागदास निर्विरोध निर्वाचित भएकी हुन ।
संघको आगामी तीन वर्षे नेतृत्वका लागि भदौ १८ गते निर्वाचन हुँदैछ । संघमा आवद्ध १ हजार १६३ जनाले मतदान गर्ने प्रमुख निर्वाचन अधिकृत उपाध्यायले बताए ।
नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष चक्रपाणी सापकोटा, महासचिव तपेन्द्र स्वाँर र यसअघिल्लो कार्य समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र शाहले अध्यक्षमा उम्मेदवारी दिएका छन ।
सापकोटा र स्वाँर प्यानल सहित चुनावी मैदानमा होमिएका छन भने शाहले एक्लै अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।



