Hamro Patra
सापकोटा प्यानलका जनजाति सदस्य निर्विरोध निर्वाचित

टीकापुर, भदौ १७
टीकापुर उद्योग वाणिज्य संघको जनजाति सदस्यमा चक्रपाणी सापकोटा प्यानलका जीतबहादुर चौधरी पन्छी निर्विरोध निर्वाचित भएका छन ।

सोही पदमा उम्मेदवारी दर्ता गरेका तपेन्द्र स्वाँर प्यानलका बिरुलाल भगोरीयाले उम्मेदवारी फिर्ता लिएपछि पन्छी निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले जानकारी दिए ।

निर्विरोध निर्वाचित भएका पन्छी वर्तमान कार्यसमितिमा समेत सोही पदमा रहेका थिए ।

टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि भने तीन जना चुनावी मैदानमा उत्रिएका छन । ती मध्ये दुईजना प्यानल सहित एकजनाले स्वतन्त्र (प्यानल बिहिन) उम्मेदवारी दर्ता गरेका छन ।

नेतृत्वका लागि प्यानल सहित चुनावी मैदानमा उत्रिनेमा वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका चक्रपाणी सापकोटा र महासचिव तपेन्द्र स्वाँर रहेका छन । स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका राजेन्द्र शाह छन ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update