टीकापुर, भदौ १७
नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ ले उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा र प्रदेशका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको सभापति प्रकाश शाहले जानकारी दिए ।
क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस गरेको छ । जसमा पूर्वमन्त्री तथा केन्द्रिय सदस्य रामजनम चौधरी, बुद्धिसागर चौधरी, नृपबहादुर खड्का र टेकेन्द्रबहादुर धामी रहेका छन ।
प्रतिनिधि सभा समानुपातिक तर्फ नौ जनाको नाम सिफारिस गरेको सभापति शाहले जानकारी दिए । उनले केन्द्रिय सदस्य ईश्वरी न्यौपाने, पूर्वसाँसद गंगबहादुर कुँवर, गंगादेवी चौधरी, पूर्वराज्यमन्त्री सुशीला स्वाँर, बिरबहादुर हमाल, सूर्यबहादुर रावल, बिर्खबहादुर रावल, रणबहादुर रावल र सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी बादीको सिफारिस भएको बताए ।
प्रदेश सभा (क) तर्फ प्रत्यक्षमा चार जनाको नाम सिफारिस भएको छ । जसमा चुनिराम चौधरी, बिरबहादुर हमाल, रामकृष्ण चौधरी र राम रसिले चौधरी रहेका छन । सोही प्रदेश सभाबाट समानुपातिकमा १२ जनाको नाम सिफारिस भएको छ ।
समानुपातितर्फ पूर्वराज्यमन्त्री जनकराज चौधरी, गंगादेवी चौधरी, गीता कठरीया, बिरबहादुर हमाल, भरतबहादुर कडायत, सेवकराम चौधरी, खड्कबहादुर विक, चन्द्रलाल डगौरा, प्रेमलाल चौधरी, बिरुप्रसाद चौधरी, तेजबहादुर बिष्ट र भागीराम चौधरीको नाम सिफारिस भएको छ ।
प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ दुईजनाको मात्रै नाम सिफारिस भएको छ । जसमा केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावल र धिजराज रेग्मी रहेका छन ।
सोही प्रदेशबाट समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको छ । जसमा ललिता सुनार, फकिरसिँह कडायत, केशरीकुमारी रावल बिष्ट, देवेन्द्रसिँह नेपाली, राजेशकुमार टमट्टा, नेत्रबहादुर रावल, चिरञ्जीवी खनाल, बमबहादुर बम, सुदेशनी चौधरी, भरतबहादुर स्वाँर, सुशीला विक टमट्टा, अकबर अली कुरेसी र रोहित जंग खड्काको नाम सिफारिस भएको छ ।
आगामी मंसिर ४ गते संघ र प्रदेश सभाका लागि निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नाम सिफारिस गरेको हो ।



