Hamro Patra
भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ

टीकापुर, भदौ १७
धनगढी उपमहानगरपालिका–१५ उर्माबाट आज एक व्यक्ति भरुवा बन्दुक सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही ठाउँका ५५ वर्षका ज्ञानी राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा सादा पोसाकमा गएको प्रहरी टोलीले १ थान भरुवा बन्दुक, यसमा प्रयोग हुने सामाग्री र साढे तीन किलो जंगली जनावरको मासु समेत बरामद भएको प्रहरी नायब उपरिक्षक बेद जोशीले जानकारी दिए ।

उनले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update