Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघको मतदान सम्पन्न

टीकापुर, भदौ १८
आगामी नेतृत्वका लागि आज भएको टीकापुर उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतदान कार्य ४ बजे सम्पन्न भएको हो ।

प्रमुख निर्वाचन अधिकृत रघुनाथ उपाध्यायका अनुसार १ हजार ३८ मत खसेको छ । संघमा १ हजार १६३ मतदाता रहेका थिए ।

संघको नेतृत्वका लागि तीन जना चुनावी मैदानमा छन । ती मध्ये दुईजना प्यानल सहित एकजनाले स्वतन्त्र (प्यानल बिहिन) उम्मेदवारी दर्ता गरेका छन ।

नेतृत्वका लागि प्यानल सहित चुनावी मैदानमा उत्रिनेमा वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका चक्रपाणी सापकोटा र महासचिव तपेन्द्र स्वाँर रहेका छन । स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका राजेन्द्र शाह छन ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update