Hamro Patra
चट्याङ लागेर दम्पतीको मृत्यु

कञ्चनपुर, भदौ १९
चट्याङ लागेर कञ्चनपुर जिल्लामा एक दम्पतीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिएका छन ।

नदीमा माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरुको अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update