बैतडी, भदौ २०
बैतडीबाट नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । अगामि मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस बैतडीले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरि १३ जनाको नाम सिफारिस गरेको छ ।
काँग्रेस बैतडी सचिव देवराज जोशीका अनुसार प्रत्यक्षतर्फ जिल्ला पार्टी सभापति चतुरबहादुर चन्द, बिनय ध्वज चन्द, नरबहादुर चन्द, केशब बहादुर चन्द, उत्तर बहादुर ऐरको नाम सिफारिस भएकोछ । यस्तै प्रताप सिंह ठगुन्ना, शुरेन्द्र ऐर, दिनेश भट्ट, शिव राज भट्टको नाम पनि प्रत्यक्षतर्फ सिफारिस भएको हो ।
यस्तै समानुपातिकतर्फ देवु ठगुन्ना, कृष्णदत्त भट्ट, रमेश पाण्डेय र नरेन्द्र प्रशाद भट्ट को नाम सिफारिस गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बैतडीको यहि भदौ १९ गते बसेको बैठकले संघका लागि उम्मेदवार सिफारिस गरेको बताइएको छ ।
यस्तै प्रदेश सभा सदस्यका लागि पनि उम्मेदवार सिफारिस भएका छन । काँग्रेस बैतडीले क्षेत्र नं ‘क’ मा प्रत्यक्षतर्फबाट ८ जना र समानुपातिक तर्फबाट १५ जनाको नाम सिफारिस गरेको सचिव जोशीले बताए । यस्तै प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्षतर्फ १८ जना र समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस भएको छ ।



