लामखुट्टे लार्भा खोज र नष्ट अभियान सुरु
टीकापुर, भदौ २०
टीकापुर नगरपालिकाले लामखुट्टे लार्भा खोज र नष्ट गर्ने अभियान सुरु गरेको छ । डेँगु लगायत किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि अभियान सुरु गरेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाले जनाएको छ ।
सो अभियान आज वडा नं. २ को विजयनगरबाट सुरु भएको छ । अभियान भदौ २३ गतेसम्म जारी रहने वडाध्यक्ष दीपक चौधरीले जानकारी दिएका छन ।
पछिल्लो समय नगर क्षेत्रमा बिरामीको संख्या एक्कासी बढेको छ । टीकापुर अस्पतालमा विभिन्न संक्रमणका बिरामीहरु उपचार गराउन आउने गरेका छन ।
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९ १३:०९
प्रतिक्रिया दिनुहोस्



