Hamro Patra

धनगढी, भदौ २०
धनगढी उपमहानगरपालिका–३ स्थित लक्ष्मी विकास बैंक पछाडी आज एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत अवस्थामा भेटिनेमा गौरीगंगा नगरपालिका–१ मंगलपुरका ३६ वर्षका लोकेन्द्र राज घर्मीमगर रहेका छन ।

प्रहरीका अनुसार उनी धनगढी उपमहानगरपालिका–३ स्थित मोहन्याल होटलमा काम गर्थे । उनको शव घोप्टो परेको अवस्थामा स्थानीयले देखेका थिए ।

स्थानीयले शव भेटिएको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । उनको शवलाई दाई प्रहरी आवासीय विद्यालयमा कार्यरत प्रहरी हवल्दार कमल घर्तिमगरले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद जोशीले जानकारी दिएका छन ।

परिवारका अनुसार उनको मानसिक अवस्था कमजोर रहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update