Hamro Patra

धनगढी, भदौ २२
कैलालको गोदावरी नगरपालिका–२ बनखेतकी ६५ वर्षीया किजी देवीको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी किजीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बैतडीको पुरचौडी नगरपालिका–६ भूमिराजका पदम साउदकी ७ वर्षीया छोरी रेश्मी साउद मृत अवस्थामा फेला परेकी छिन् ।

पुरचौडी नगरपालिका–५ पुवाकोटस्थित मावली घरमा बस्दै आएकी उनी सोही ठाउँस्थित धौलपहिरा खोलामा नुहाउने क्रममा बेपता भएकी थिईन ।
उनको शव खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ६ किलोमिटर तल फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update