Hamro Patra
जालवादेवीको सभागृह उद्घाटन

टीकापुर, भदौ २४
टीकापुरस्थित श्री जालवा देवी सेवा समितिले झण्डै १ करोडको लागतमा सभागृह निर्माण गरेको छ । सभागृह सुदूरपश्चिम प्रदेश सरकारको ८५ लाख आर्थिक सहयोग र जनसहभागिता गरी ९५ लाख २७ हजार ८२४ रुपैयाँमा निर्माण गरिएको हो ।

सभागृहको आज एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले उद्घाटन गरेका छन । सभागृहको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रावलले सभागृहबाट जनता लाभान्वित हुने बताए । उनले प्रदेश सरकारले जनतालाई लाभ पुग्ने यस्ता थुप्रै काम गरेको बताए ।

समितिका अध्यक्ष हर्कबहादुर रावलको अध्यक्षतामा भएको सभागृह उद्घाटन कार्यक्रममा समितिका संस्थापक अध्यक्ष प्राडा जगतबहादुर सिँह रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाइका प्रमुख भोजराज पाठक, सन्त निरंकारी नेपालका प्रभारी नरबहादुर रावल, गोविन्द रावल लगायतले बोलेका थिए ।

कार्यक्रममा केशरबहादुर रावलले स्वागत र धु्रव रावलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update