Hamro Patra
कान्द्रा र पथरिया नदीको बाढीले ६०० बढी घर डुबानमा

टीकापुर, असोज १

शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भजनी नगरपालिका-८ मारहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेको जानकारी दिए .

उनका अनुसार सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका घरहरु डुबानमा परेका छन् । अहिले नदीको बहाब बढने क्रम जारी रहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update