Hamro Patra
कैलालीमा बाढीले बगाएर एकको मृत्यु, एक बेपत्ता

टीकापुर, असोज १
कैलालीमा बाढीमा बगेर एक युवतीको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बेपत्ताको खोजी भैरहेको छ ।

धनगढी उपमहानगरपालिका–१३ की २० वर्षकी युवती मृत अवस्थामा भेटिएकी छन । उनी बाढीमा बगेर बेपत्ता भएकी थिईन । उनको शव सशस्त्र प्रहरीको टोलीले भेटेको हो ।

यता भजनी नगरपालिका– ८ गोडचौराका ५५ वर्षका कालुराम चौधरी बगेर बेपत्ता भएका छन । वडाध्यक्ष पंकज चौधरीका अनुसार बाढीमा बगेर बेपत्ता भएका हुन । पथरैया नदीमा आएको बाढी गौडचौरा गाउँमा पसेको छ ।

भजनी नगरपालिकाका सबैजसो वडा जलमग्न भएका छन । कैलालीका विभिन्न ठाउँमा झण्डै १ हजार ५०० घरधुरी बाढीले प्रभावित पारेको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update