Hamro Patra
अछाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुग्यो

अछाम, असोज १
अछामको पूर्वी भेगका तीनवटा पालिकामा आएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । हिजोदेखी परेको अबिरल वर्षा पछि अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो आएको छ ।
मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नं. ६ बस्ने २ बर्षीय नविन बुढा रहेका छन ।
त्यस्तै तुर्माखाँद गाउँपालिका वडा नं. ५ बस्ने १७ बर्षिया जानकी शाही, सोही गाउँपालिकाका १७ बर्षिय बिमला शाही, ४५ बर्षिय नेत्र शाही, ३६ बर्षिय मनिषा शाही, १७ बर्षिय कल्पना शाही, १३ बर्षिय सुन्दर शाही, १ बर्षिय मेनिका शाही, ३ बर्षिय कल्पना शाही, २१ बर्षिय भावना शाही रहेका छन ।
प्रहरीका अनुसार कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षिय अमृता कामी, १७ बर्षिय समिता कामी, २१ बर्षिय अर्धना कामी, ९बर्षिय निखिल कामी, ३६ बर्षिय मैनकला कामी, १५ बर्षिय गिता कामी, १२ बर्षिय सिरु कामीको समेत पहिरोमा परेर मृत्यु भएको छ ।
यस्तै कमलबजार नगरपालिका वडा नं. ८ ढुङ्गला बस्ने २६ बर्षिय गम्भीर दमाई, बस्ने २३ बर्षिय भाना दमाई, ६ बर्षिय डिग्रा दमाई, ३ बर्षीय कलु दमाई, ४ बर्षिय कल्पना दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
यसैगरी पहिरोमा परेर घाइते हुनेमा ढकारी गाउपालिका वडा नं. ६ बस्ने ६२ बर्षिय हर्क वुढा, २१ बर्षिय चन्द्र देवि बुढा, १२ बर्षिय घर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ बर्षिय भक्त कामी, ४२ बर्षिय ईन्द्र सिह कामी, १२ बर्षिय कल्पना कामी, १२ बर्षिय ममता कामी, १० बर्षिय शुसिल कामी, २ बर्षिय सफलता कामी, ३८ बर्षिय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ बर्षिय खटी दमाई रहेका छन ।
प्रहरीका अनुसार बेपत्ता ११ जनाको खोजी कार्य भैरहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update