बाढीमा बेपत्ता चौधरी मृत भेटिए
टीकापुर, असोज २
बाढीमा बगेर बेपत्ता भएका भजनी नगरपालिका–८ का ५५ वर्षका कालुराम चौधरी मृत अवस्थामा भेटिएका छन । उनलाई आज साढे १० बजेतिर घटनास्थल नजिकै मृत अवस्थामा फेला पारेको बताईएको छ ।
उनी हिजो दिउसो भजनी नगरपालिका–८ जनकपुरबाट बाढीमा बगेर बेपत्ता भएका थिए । सुरक्षाकर्मी र स्थानीयले उनको खोजी जारी राखेका थिए ।
योसँगै कैलालीमा बाढीमा डुबेर मृत्यु हुनेको संख्या दुई पुगेको छ । हिजो धनगढी उपमहानगरपालिका–१३ की २० वर्षकी नविना चौधरीको बाढीमा बगेर ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी स्थानीय झलारी नालामा माछा मार्ने क्रममा बगेर बेपत्ता भएकी थिईन । उनलाई सशस्त्र प्रहरीको टोलीले मृत अवस्थामा भेटाएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ ११:०९
प्रतिक्रिया दिनुहोस्



