डडेल्धुरामा कार दुर्घटना, ४ जना घाइते
टीकापुर, असोज ३
धनगढीबाट हिँडेको कार डडेल्धुरामा दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। सोमबार धनगढीबाट दीपायलतर्फ गइरहेको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ स्थित गजरौलामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तरगत सुपप्र ००१ च ३३६८ नम्बरको कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
दुर्घटनामा कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐर (चालक) सहितका चार जना घाइते भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले जानकारी दिए।
घटनास्थलबाट उद्दार गरेर उपचारका लागि उनीहरुलाई डडेल्धुरा अस्पताल पुगाइएको भट्टले बताए।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १६:०९
प्रतिक्रिया दिनुहोस्



