टीकापुर, असोज ४
टीकापुरका व्यवशायी गोपाल बागदास दम्पत्तीले बाल आश्रमलाई सहयोग गरेका छन । उनीहरुले किर्तिपुर नगरपालिका–६ चोभारमा रहेको असहाय बाल आश्रमका बालबालिकाहरुलाई सहयोग गरेका हुन ।
बागदास र उनकी श्रीमती माया बागदासले एक अवसरमा आश्रममा रहेका ३० जना बालबालिकाहरुलाई लत्ताकपडा र खानेकुरा प्रदान गरेका छन । उनीहरुले आश्रममा रहेका १४ जना बालक र १६ जना बालिकाहरुलाई कपडा र खानेकुरा प्रदान गरेको असहाय आश्रमले जनाएको छ ।
बागदास दम्पत्तीले विगत तीन वर्षदेखी सो आश्रममा रहेका बालबालिकाहरुलाई सहयोग गर्दै आएका छन । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैंको बेला आश्रममा रहेका बालबालिकाहरुले नयाँ लुगा लगाउन पाउन भन्ने उद्देश्यले सहयोग गरेको बागदासले बताए ।
बागदास नेपाल कपडा तथा सिलाई व्यवशायी महासंघ कैलालीका अध्यक्ष र उनकी श्रीमती टीकापुर उद्योग वाणिज्य संघको सदस्य हुन । बागदास दम्पत्ती विगत ३० वर्षदेखी व्यवशायमा संलग्न छन । उनले अर्काको कपडा पसलमा मेसिन राखेर व्यवशाय गरेका थिए ।
अहिले बागदास टीकापुरको सफल व्यवशायीका रुपमा स्थापित छन । उनी व्यवशायमा मात्रै हैन सामाजिक कार्यमा समेत निकै सकृय छन । उनले विभिन्न असहाय बालबालिकाहरुलाई सहयोग गर्ने गरेका छन ।



