Hamro Patra
कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

टीकापुर, असोज ४

कैलालीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका वडा नं. ३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरिया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमबार उनलाई भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटस्थित नेपाल-भारत सीमाक्षेत्रबाट करिब ७ सय ५० मिलिग्राम खैरो हेरोइनसहित सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update