टीकापुर, असोज ५
लायन्स क्लब टीकापुर टाउनले आज आठौं स्थापना दिवस मनाएको छ । उसले स्थापना दिवसको अवसरमा आठौं चार्टर नाइट प्रोग्रामको आयोजना गरेको छ ।
क्लबका अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा सम्पन्न भएको प्रोग्रामको प्रमुख अतिथि लायन्स क्लब एरिया क्लष्टर चिफ नारायण प्रसाद न्यौपाने रहेका छन । सो अवसरमा बोल्दै प्रमुख अतिथि न्यौपानेले लायन्स क्लबको उद्देश्य नै सेवा गर्नु भएको बताए । उनले आफ्नो आम्दानीको केही अंश समाजका लागि खर्च गर्नुपर्ने बताए ।
उनले लायन्स क्लबले क्यान्सर रोग विरुद्ध र ब्लड बंैकको क्षेत्रमा काम गर्ने तयारी भैरहेको जानकारी दिए । उनले लायन्स क्लबका माध्यमबाट व्यक्तित्व विकास समेत गर्न सहज हुने बताए ।
सो अवसरमा जोन चेयर पर्सन पुथ्वीराज ढुंगानाले सामाजिक हितका लागि स्थापना भएका संघसंस्थाहरुबीच सहकार्य हुनुपर्ने बताए । उनले लायन्स क्लब अरुभन्दा उत्कृष्ठ हुनुपर्ने कुरामा लायन्स क्लबमा आवद्ध व्यक्तिहरु प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा लायन्स क्लब टीकापुर टाउनका पूर्वअध्यक्ष जगदीश्वर पण्डित, पूर्वअध्यक्ष ढविन्द्र रावल, लायन्स क्लब टीकापुर सिटीका अध्यक्ष कल्पना खड्का र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल लगायतले बोलेका थिए ।
सो अवसरमा रुपक बिष्टले स्वागत गरेका थिए भने दीपक देवकोटाले ध्वजा अभिवादन गरेका थिए । कार्यक्रमको सञ्चालन टोप प्रकाश विकले गरेका थिए ।



