Hamro Patra
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

टीकापुर, असोज ६
कैलालीको गौरीगंगा नगरपालिकामा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–५ का शेरबहादुर नामजाली मगर पक्राउ परेका हुन ।

प्रहरीका अनुसार उनले श्रीमती ललिता नामजाली मगरको हत्या गर्नुका साथै छोरी लक्ष्मीलाई घाइते बनाई फरार भएका थिए ।

आज बिहानै घटना पश्चात फरार रहेका उनलाई गाउँबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

घाईते लक्ष्मीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद जोशीले जानकारी दिएका छन ।

हत्यामा संलग्न नामजाली मगर हिजो मात्रै भारतबाट घर फर्केका थिए । उनी रोजगारीका क्रममा भारतमा थिए ।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update