Hamro Patra

टीकापुर, असोज ७

धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार से १ त ३५०३ नम्बरको ट्याक्टर धनगढी उपमहानगरपालिका उल्टापानी नालामा दुर्घटनामा परेको थियो ।

ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा ट्याक्टर चालक ४३ वर्षका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

शव पोस्टमर्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update