Hamro Patra
क्षितिज भण्डारीले गरे उम्मेदवारी घोषणा

धनगढी, असोज ७
आगामी आम निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा क्षितिज भण्डारीले घोषणा गरेका छन । नेपाली काँग्रेसका युवानेता भण्डारीले आज पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन ।

उनले पार्टीका अन्य नेताहरू नेतृत्वसँग टिकट माग्न काठमाडौँ धाएको बेला आफूले जनता माझ रहेको दावी गरे । उनले पार्टी नेतृत्वले टिकट दिने विश्वास रहेको बताए । उनले आफूले चुनावको तयारीमा जुटेको जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update