मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
टीकापुर, असोज ९
कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नं. २ कोठारपुरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री वडा नं. २ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको ज्यान गएको हो ।
प्रहरीका अनुसार शनिबार साँझ उनको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि कोहलपुर पठाइएको छ । मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १७:०९
प्रतिक्रिया दिनुहोस्



