माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु
टीकापुर, असोज ९
कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. १ बडहरिया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका १ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १७:०९
प्रतिक्रिया दिनुहोस्



