Hamro Patra

टीकापुर, असोज ११

धनगढीमा लागुऔषधसहित ३ जना समातिएका छन्। धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरु समातिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई सोमबार साँझ सडकबाटै अवैध लागुऔषध (चरेश जस्तो देखिने पदार्थ) सहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कमल भुल, नविन दौल्याल र विनोद सिंह रहेका छन्। उनीहरुको साथबाट ७ सय ५० ग्राम लागुऔषध बरामद गरिएको थियो।

प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update