सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
टीकापुुर, असोज १२
सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । रा १ ज ५६३ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । उनका अनुसार एक जना गम्भीर घाइते भएका छन् ।
जीपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार जिपमा सवार कपुरकोट गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीय रहेका थिए ।
नेपालगञ्जबाट कपुरकोट वडा नं. ६ जलवाङका लागि हिँडेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ ०७:०९
प्रतिक्रिया दिनुहोस्



