बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
टीकापुर, असोज २०
बारामा आज बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।
चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १-१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा ७ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।
निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा-२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९ १३:१०
प्रतिक्रिया दिनुहोस्



