Hamro Patra
भीम रावललाई टिकट नदिएको भन्दै ४० जनाले गरे राजिनामा

अछाम, असोज २२
नेकपा एमालेले अछाम क्षेत्र नं. १ मा भीम रावललाई टिकट नदिएपछि जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले राजीनामा दिएका छन ।

राजीनामा दिनेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन ।

उनीहरुले पार्टीले तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले पार्टी छाडेको बताएका छन ।

अछाम क्षेत्र नं. १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट नदिएको बताईन्छ । ओलीले रावलको क्षेत्रमा माओवादी त्यागेर एमाले प्रवेश गरेका भपट बोहोरालाई टिकट दिएका छन ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update