कैलाली १ को संघमा एमालेले अघि सार्यो रावललाई
टीकापुर, असोज २२
नेकपा एमालेले कैलाली क्षेत्र नं. १ को संघ तर्फको उम्मेदवारमा तपेन्द्र रावललाई अघि सारेको छ । उनी टीकापुर नगरपालिकाका यसअघिका मेयर हुन ।
नगरपालिकाको पाँच वर्षे नेतृत्वबाट बाहिरिएका रावल संघको उम्मेदवार बनेका छन ।
एमालेले क्षेत्र नं. १ अन्र्तगत प्रदेश क मा भने उपेन्द्र यादव नेतृत्वको जसपालाई छोड्ने भएको छ भने प्रदेश ख मा द्वारिका न्यौपानेलाई अघि सारेको छ ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९ १७:१०
प्रतिक्रिया दिनुहोस्



