Hamro Patra
वर्षाका कारण मनोनयन अवरुद्ध

टीकापुर, असोज २३

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज हुने भनिएको उम्मेदवारी दर्ता कार्यक्रम वर्षाका कारण प्रभावित बनेको   छ ।

निर्वाचन कार्यालयले आज विहान १० बजेदेखि उम्मेदवारी दर्ताको समय तोकेको थियो । तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण यो समाचार तयार पारुञ्जेलसम्म कुनै पनि दलको उम्मेदवारी दर्ता भएको छैन ।

प्रतिनिधि सभा क्षेत्र नं. १ कैलालीमा रहेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले दिएको जानकारी अनुसार प्रदेश क र ख तथा प्रतिनिधि सभाका लागि कुनै पनि उम्मेदवारको उम्मेदवारी दर्ता भएको छैन ।

‘आज विहान १० बजेदेखि नै हामी तयारी अवस्थामा छौं, अहिलेसम्म कुनै पनि दलको उम्मेदवारी परेको छैन’ ओडले भनिन् ‘सायद वर्षा भइरहेका कारण पनि ढिलो भएको होला ।’

निर्वाचन अधिकृतको कार्यालयले शनिवार नै यस क्षेत्रमा रहेका राजनीतिक दलहरुसँग छलफल गरी मनोनयन दर्ताका लागि आवश्यक पर्ने कागजातहरु उपलब्ध गराएको समेत ओडले जानकारी दिइन् ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update