टीकापुर, असोज २३
पाँच दिनदेखि परिरहेको लगातारको वर्षाका कारण कणर्ाली नदीले सचेत सतह पारे गरेको छ ।
केहीवेर अघि गरिएको मापनमा कणर्ाली नदीको चिसापानी क्षेत्रमा पानीको सतह १०.०८ मिटर मापन गरिएको छ ।
गेजरिडर पार्वती गुरुङ्गले दिएको जानकारी अनुसार दिउँसो १ बजे गरिएको मापनमा कणर्ाली नदीमा पानीले सचेत सतह पार गरेको हो । गुरुङ्गका अनुसार १० मिटरलाई सचेत सतह मानिन्छ भने १०.८० मिटरलाई खतराको सतह मानिन्छ ।
कणर्ाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका टीकापुर नगरपालिका, राजापुर नगरपालिका, जानकी गाउँपालिका लगायतका बस्तीहरुमा उच्च सर्तकता अपनाइएको छ ।
कणर्ाली नदीका सहायक नदीहरुले सेती, बुढीगंगा, तीला कणर्ाली, भेरी लगायतका नदीहरुमा समेत पानीको सतह बढेका कारण तटीय क्षेत्रमा नदीको पानी गाउँ पस्ने खतरा बढेको छ ।
अविरल वर्षा कारण कैलालीको दक्षिणी क्षेत्र भजनी नगरपालिका विभिन्न गाउँहरु जलमग्न भएका छन् ।



