कैलाली ५ बाट ओझाको स्वतन्त्र उम्मेदवारी
टीकापुर, असोज २३
पूर्व-राज्यमन्त्री पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र चुनाव लड्ने गरी मनोनयन दर्ता गरेका छन् ।
उनले केहीबेरअघि निर्वाचन अधिकृतको कार्यालय धनगढीमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि ओझाले जनभावनाको कदर गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताए।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि रूष्ट बनेका थिए।
नेकपा एमालेका नारदमुनि रानासँग आरजु राणा पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले ओझालाई कारबाही गरेको थियो।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ १३:१०
प्रतिक्रिया दिनुहोस्



