Hamro Patra
रामजनम चौधरीको उम्मेदवारी वारेस मार्फत दर्ता

टीकापुर, असोज २३
कैलाली–१ मा प्रतिनिधि सभाका लागि पूर्वमन्त्री रामजनम चौधरीले वारेस मार्फत उम्मेदवारी दर्ता गरेका छन । उनले काँग्रेस क्षेत्रीय सभापति प्रकाश शाह मार्फत उम्मेदवारी दर्ता गरेका हुन ।

उनी काठमाण्डौंबाट फर्किन ढिलो भएका कारण वारेस मार्फत उम्मेदवारी दर्ता गरेको क्षेत्रीय सभापति शाहले जानकारी दिए । ‘बाटोमै हुनुहुन्छ’ उनले भने–‘समयमा पुग्न सक्नु हुन्न कि भनेर वारेस मार्फत उम्मेदवारी दर्ता गरेका हौं ।’

काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौधरी गठबन्धनका तर्फबाट उम्मेदवार हुन । कैलाली–१ को प्रदेश (क) बाट नेकपा माओवादीका दीर्घराज बिनाडी र प्रदेश (ख) बाट काँग्रेस केन्द्रिय सदस्य डा. रणबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन । रावल हाल सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हुन । उनी २०७४ को निर्वाचनमा विजयी भएका थिए ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update