Hamro Patra
कैलाली–१ मा एमालेको जसपासँग चुनावी तालमेल

टीकापुर, असोज २३
कैलाली–१ मा नेकपा एमालेले जसपासँग चुनावी तालमेल गरेको छ । उसले प्रदेश (क) मा जसपालाई छोडेको छ ।

एमालेका तर्फबाट प्रतिनिधि सभाका लागि टीकापुर नगरपालिकाका पूर्वमेयर तपेन्द्र रावलले उम्मेदवारी दर्ता गरेका छन । त्यस्तै प्रदेश (क) बाट जसपाका भगतराम चौधरी र प्रदेश (ख) बाट एमालेका द्वारिका न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन ।

एमालेले पार्टी कार्यालयबाट र्याली निकाल्दै नापी कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update