कैलाली क्षेत्र २ मा रावलको उम्मेदवारी दर्ता
टीकापुर, असोज २३
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभाका लागि एमालेका केन्द्रीय सदस्य झपट रावलले उम्मेदवारी दर्ता गराएका हुन् । रावल २०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
यस्तै, कैलाली क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) बाट कमला ओली र (ख) बाट एमाले कैलालीका सचिव डेजी पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ १७:१०
प्रतिक्रिया दिनुहोस्



