लक्ष्मण चौधरीविरूद्ध उजुरी
टीकापुर, असोज २४
नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरूद्ध उजुरी परेको छ।
कारागारमा रहेका रेशम चौधरीले स्थापना गरेको सो पार्टीबाट चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन्।
उनीविरूद्ध सोमबार धनगढी–१५ का रामबहादुर सिंहले निर्वाचन कार्यालयमा उजुरी दिएका हुन्।
कर्तव्य ज्यान मुद्दामा दोषी ठ/\याइ सजाय गरी निज फरार रहेको व्यहोराको उजुरी प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ।
कार्यालयले दुबै पक्षलाई आ–आफ्नो सबुत प्रमाणसहित मंगलबार दिउँसो ३ बजे अनिवार्य उपस्थित हुन भनेको छ ।
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९ १८:१०
प्रतिक्रिया दिनुहोस्



