Hamro Patra
फेन्सिङ पुरुष फोयल इभेन्टमा सुदूरपश्चिमका जितेन्द्रलाई स्वर्ण पदक

टीकापुर, असोज २५

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङ पुरुष फोयल इभेन्टमा सुदूरपश्चिमका जितेन्द्रबहादुर शाहीले स्वर्ण पदक जितेका छन् ।

उनी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका समेत स्वर्ण पदक विजेता खेलाडी हुन्। उनले केही महिना अघिमात्रै काठमाडौमा आयोजित वीर गणेशमान स्मृति फेन्सिङ प्रतियोगितामा समेत स्वर्ण पदक जितेका थिए। प्रतियोगितामा बागमती प्रदेशका सन्जीव लामाले रजत पदक र नेपाली सेनाका बीरसिंह शाही र शसस्त्र प्रहरी बलका शेरसिंह ऐरीले कास्य पदक जिते।

त्यस्तै फेन्सिङमा पहिलो स्वर्ण बाग्मती प्रदेशकी शिक्षा नापितले जितेकी छन्। उनले व्यक्तिगत सेबरतर्फको इभेन्टमा एपिएफ क्लकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत व्यक्तिगततर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी भइन्।

नेपाल आर्मीका रविना थापा र आर्मीकै मनीषाले तेस्रो स्थानमा रहँदै कांस्यमा चित्त बुझाए। महिलातर्फकै इपीको प्रतिस्पर्धामा नेपाली सेनाकी खेलाडी इन्दिरा पौडेलले स्वर्ण पदक जितेकी छन्।

उनले आफ्नै क्लबकी सीता पाठकलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। आर्मीकै पुजन कुमाल र एपिएफकी जानुका सान्ताङले तेस्रो हँदै कास्य पदक जित्न सफल भए।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update