Hamro Patra

टीकापुर, असोज २५

कैलालीको घोडाघोडी नगरपालिका-५ वनखेतस्थित शिवसमाज सामुदायिक वनमा रहेको वनखेत तालमा एक पुरुषको शव फेला परेको छ। कञ्चनपुर घर भई भारतमा बस्दै आएका अन्दाजी ४५ वर्षीय शिव नेपाली मंगलबार मृत भेटिएका प्रहरीले बताएको हो।

घोडाघोडीमा बहिनी पार्वतीलाई भेट्न आएका उनी आज मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनलाई तालमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update