Hamro Patra
कैलाली-५ का उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी रद्द

टीकापुर, असोज २५

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ ।

लक्ष्मणको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो। उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय गरी फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज भएको हो।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update