Hamro Patra
दुई जनाले लिए उम्मेदवारी फिर्ता

टीकापुर, असोज २६

कैलाली–१ मा प्रदेश तर्फका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा दुवैजनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क) बा ओजारीलाल चौधरी र प्रदेश (ख) बाट दीर्घराज जैशी छन ।

सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार अन्य सबैको उम्मेदवारी यथावत रहेको छ । उनका अनुसार कुनै उम्मेदवारका बारेमा उजुरी समेत परेन ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update