सार्वजनिक जग्गा खाली गर्न नगरपालिकाले दियो अल्टिमेटम
टीकापुर, असोज २६
टीकापुर नगरपालिकाले नगर क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्र रहेका खुल्ला क्षेत्र, चोक, चौराह, सार्वजनिक, प्रति ऐलानी जग्गा, ताल तलैया लगायतका सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको हो ।
नगर प्रमुख रामलाल डगौरा थारुद्धारा जारी सूचनामा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न भनिएको छ ।
सूचनामा ‘सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अतिक्रमित सार्वजनिक जग्गा खाली नगरे÷नगराएमा प्रचलित कानुन बमोजिम भई जाने व्यहोरा यसै सूचनामार्फत् जानकारी गराइन्छ’ भनिएको छ ।
सूचनामा सार्वजनिक जग्गाहरु अतिक्रमित नगर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ १५:१०
प्रतिक्रिया दिनुहोस्



