Hamro Patra
प्रधानमन्त्रीले हटाए जसपाका मन्त्री

टीकापुर, असोज २७

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।

सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्।

जसपाबाट राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्री थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी बर्खास्त भएका सबै मन्त्रीहरूले सम्हालेका मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी कार्यभार तोकेकी छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले यसअघि आफूहरूले सत्ता गठबन्धन छोडे पनि सरकार नछोड्ने र प्रधानमन्त्री देउवाले पनि आफ्नो पार्टीका मन्त्रीहरूलाई नहटाउने विश्वास रहेको बताएका थिए।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update