Hamro Patra
आर.एम.ई.स्कुललाई वेष्ट अवार्ड

टीकापुर, असोज २८

कैलालीको टीकापुरस्थित रेडियन्ट मन्टेश्वरी इंग्लिस (आर.एम.ई.) स्कुलले वेष्ट स्कुल अफ दि इयर २०२२ अवार्ड प्राप्त गरेको छ ।

विगत १५ वर्षदेखि शैक्षिक गतिविधि गर्दै आएको कलेज रिडर्स म्यागेजिनले दुबईमा आयोजित नेपाल एजुकेशन अवार्ड २०२२ मा आर.एम.ई. स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो ।

विद्यालयले स्थापना कालदेखि गर्दै आएको विविध क्रियाकलाप, विद्यालयको नतिजा, विद्यालयको गुणस्तर वृद्धि लगायत मापदण्डका आधारमा उक्त अवार्ड प्रदान गरिएको विद्यालयका प्रिन्सिपल तेजराज खनालले दुबईबाट हाम्रोपत्रलाई बताए ।

‘नेपालका उत्कृष्ठ ३४ वटा विद्यालयहरुको सहभागिता रहेको थियो, त्यसमध्ये हामीले सुदूरपश्चिम प्रदेसबाट उत्कृष्ठ अवार्ड पाएका छौं’ खनालले भने ‘यो अवार्डले हामीलाई देशकै उत्कृष्ठ विद्यालय बनाउने प्रेरणा दिएको छ, हाम्रो शिक्षण सिकाई पद्धतिलाई समय सुहाउँदो, अन्तर्राष्टिय स्तरको बनाउन सकिन्छ भन्ने विश्वास बढेको छ ।’

उनले देशभरिकै उत्कृष्ठ विद्यालय बनाउन अवार्ड चुनौति समेत दिएको बताए । उक्त स्कुल यसअघि दुई पटक व्रिटिस काउन्सिलबाट समेत सम्मानित भएको थियो ।

देशभर विभिन्न विद्यालयको सहभागिता रहेको अवार्डको निर्णायकमा पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक दीपकराज भण्डारी रहेका थिए । विद्यालयको उत्प्रेरणा र उत्थानको लागि अवार्ड वितरण कार्यक्रम गरिएको म्यागेजिनका प्रमुख कार्यकारी अधिकृत जीतेन्द्र घिमिरेले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update