Hamro Patra

टीकापुर, असोज २८

बर्दियाको गेरुवा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

कणर्ाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले सङ्कल गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे २ त २०९ नं को ट्याक्टरले खोनपुर गाउँमा स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार गेरुवा गाउँपालिका-४ खल्लागाउँका २५ वर्षीया नवीन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पाताभारका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए ।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update