टीकापुर, असोज २८
भारतको अयोध्याबाट सुरु भएको रामराज्य रथ यात्रा आज टीकापुर पुगेको छ । टीकापुरस्थित सिटी हलमा रथ यात्रा राखिएको छ । त्यहाँ आज रातभर र भोलि बिहानसम्म भजनकिर्तनको कार्यक्रम हुने बताईएको छ । सयौंको संख्यामा रहेका टीकापुरबासीले रथ यात्राको स्वागत गरेका छन ।
साधु सन्तहरु सम्मिलित रथ यात्रा असोज ५ गतेबाट सुरु भएको हो । असोज २३ गते जनकपुरबाट नेपाल प्रवेश गरेको रामराज्य रथ यात्रा जनकपुर, हेटौडा, नारायणघाट, काठमाडौँ, पोखरा, बुटवल, नेपालगन्ज हुँदै टीकापुर पुगेको हो ।
नेपाल–भारत संयुक्त विश्वहिन्दु परिषदको आयोजनामा सुरु गरिएको रथ यात्रा १५ हजार किलोमिटरको यात्रा गरेर महेन्द्रनगरको गड्डाचौकी हुँदै फर्किने छ । रथ यात्रा अयोध्या पुगेर समापन गरिने बताईएको छ । रथ यात्रा भारतमा कन्याकुमारी, कश्मीर हुँदै अयोध्या पुगेर समापन हुनेछ ।
रामको जन्मभूमिको पहिचान, हिन्दु धर्मको रक्षा, रामले विवाह गरेको नेपालको जनकपुर क्षेत्रको प्रचारप्रसार गर्नुका साथै धार्मिक पर्यटनलाई बढवा दिने उद्देश्यले रामराज्य रथ यात्रा सुरु गरएिको हो ।
विश्वहिन्दु परिषदले भारतको बेंगलोर स्थित श्री शक्ति संतानन्द महर्शी गुरुको नेतृवमा रथ यात्रा आयोजना गरेको हो ।



